बालगृहका आश्रित बालबालिकासँग नगर प्रमुखले मनाए दशैँ

उर्लाबारी, २ कात्तिक (रासस) : मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् ।

गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए ।

गृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताएका हुन् ।
विसं २०५९ सालमा स्थापना भएको सो गृहमा देशका विभिन्न जिल्लाका ४६ जना बालबालिका आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिइन् ।

 

कमेन्ट गर्नुहोस्