Breaking: जलिरहेको रावणको पुतलाबाट जोगिने क्रममा २ रेलले किच्दा ५० बढीको मृत्यु

काठमाडौं । पन्जाबको अमृतशहरमा गुडिरहेका दुईवटा रेलको चपेटामा परेपछि ५० जना भन्दा बढीको मृत्यु भएको छ । पत्रिका डटकममा प्रकाशित समाचारमा जनाइए अनुसार पठानकोटबाट अमृतसरतर्फ आईरहेको दुइवटा रेलसंग मानिसहरु ठोक्किएका थिए ।

जालंधर-अमृतसर एक्सप्रेसका रेल जोड़ा फाटक (गेट) बाट गइरहेको बेला नजिकै जलिरहेको रावणको पुतलाबाट जोगिन भागखौड मच्चिएको थियो ।सोहीबेला अर्को रेल समेत उक्त ट्रयाकमा आएपछि मानिसहरु आत्तिन पुगेको र भागदौड मच्चिएको समाचारमा उल्लेख छ ।

 

अमृतसरमा यतिखेर हाई अलर्टको घोषणा गरिएको छ । रेलवे रोड नजिकै रामलीलाको अन्तिम दिन रावणको पुत्ला दहन भईरहेको थियो । पाँच सात सय दर्शक पुत्ला दहनको आनन्द लिईरहेको बेला पटाका विष्फोट हुन थालेपछि दर्शकहरु टाढा भाग्न खोजेको बेला रेल आएको थियो ।

 

अर्कोतरफबाट डिएमयु रेल आइरहेको अवस्थामा दुबै रेलको चपेटामा परेर मृत्यु भएको थियो । अहिले उद्दार कार्य जारी छ ।

कमेन्ट गर्नुहोस्