अपडेट: रेलले किच्दा मृत्यु हुनेको संख्या ६० बढी पुग्यो, हाइ अलर्ट घाेषणा

काठमाडौं । पन्जाबको अमृतशहरमा गुडिरहेका दुईवटा रेलको चपेटामा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । पत्रिका डटकममा प्रकाशित समाचारमा जनाइए अनुसार पठानकोटबाट अमृतसरतर्फ आईरहेको दुइवटा रेलसंग मानिसहरु ठोक्किएका थिए ।

 

जालंधर-अमृतसर एक्सप्रेसका रेल जोड़ा फाटक (गेट) बाट गइरहेको बेला नजिकै जलिरहेको रावणको पुतलाबाट जोगिन भागखौड मच्चिएको थियो । सोहीबेला अर्को रेल समेत उक्त ट्रयाकमा आएपछि मानिसहरु आत्तिन पुगेको र भागदौड मच्चिएको समाचारमा उल्लेख छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

 

अमृतसरमा यतिखेर हाई अलर्टको घोषणा गरिएको छ । रेलवे रोड नजिकै रामलीलाको अन्तिम दिन रावणको पुत्ला दहन भईरहेको थियो । पाँच सात सय दर्शक पुत्ला दहनको आनन्द लिईरहेको बेला पटाका विष्फोट हुन थालेपछि दर्शकहरु टाढा भाग्न खोजेको बेला रेल आएको थियो । अर्कोतरफबाट डिएमयु रेल आइरहेको अवस्थामा दुबै रेलको चपेटामा परेर मृत्यु भएको थियो । अहिले उद्दार कार्य जारी छ ।

 

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, कांग्रेस अध्यक्ष राहुल गांधीले घटनाप्रति दुख व्यक्त गरेका छन्। पन्जाब सरकारले मृतकका परिवारलाई ५ लाख राहत दिने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्