युएईमा पनि मनाइयो दसैं, मुस्लिमलेसमेत टीका लगाए

युएई, कार्तिक ३। नेपाली हिन्दुहरुको महान चाड बिजया दशमि स्वदेशमा मात्र नभै बिदेशमा पनि भब्य रुपले मनाइएको छ। रोजगारीका लागि युएई आएका नेपालीहरुले सामुहिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरि टीका लगाउदै एक आपसमा खुसि साटासाट गरेर यसपालिको दशै मनाएका हुन।

 

कम्पनीले घर बिदा नदिदा स्वदेश फर्किन नपाएका नेपालीहरु युएईका विभिन्न पार्क तथा साथिभाइको कोठामा पुगेर भेटघाट गरि परदेशमै दशै मनाएका छन।

 

यसैबिच युएईको दुबई राज्य स्थित वर दुबईमा रहेको नेपाली पार्कमा टिकाको पहिलो दिन सयौ नेपालीहरु उपस्थित भएर छुट्टाछुट्टै तथा सामुहिक रूपमा एक अर्कालाइ टीका लगाइ रमाइलो गर्दै दसैं मनाएका छन।

शुक्रबार नेपाली जनसम्पर्क समिति युएई लगायत विभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थितिमा वर दुबईमा सामुहिक टीका जमरा लगाउने कार्यक्रम समेत आयोजना गरिएको थियो।

 

यस्तै बिस्वकर्मा समाज युएईले समेत शुक्रबार दसैं विशेष कार्यक्रमको आयोजना गरि सामुहिक टीका लगाउदै समाजका सदस्यहरुले एकआपसमा सुभकामना आदानप्रदान गर्दै दशै मनाएका छन।

नेपालमा दशैलाई हिन्दुहरुको मात्रै चाड भन्दै मंगोलनेसनल अर्गनाइजेसन नामक सस्था भित्रका ब्यक्तिहरु बाट कालो टीका लगाइ बिरोध जनाए पनि युएईमा भने मुस्लिम धर्म प्रति आस्था राख्ने मुन्ना सियाउल हकले दशैको टिका लगाएर धार्मिक सम्मान र शहिष्णुता देखाएका छन्।

कमेन्ट गर्नुहोस्