मनमोहक मुस्ताङ, घुम्न जाने होइन ? [फोटो फिचर]

काठमाडौं, कार्तिक ३ । मुस्ताङ नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाइमा छ। यस जिल्लाको उत्तरी भाग अन्नपूर्ण र निलगीरी हिमालले ढाकिएको छ ।

 

 

नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङ गरी दुई भागमा विभाजित छ । माथिल्लो मुस्ताङ ट्रेकिङहरुका लागि एकदमै चर्चित छ भने तल्लो मुस्ताङ प्राकृतिक सुन्दरताका लागि उत्तिकै प्रख्यात छ । माथिल्लो मुस्ताङमा हिमाली हावापानी पाइन्छ ।

 

 

धौलागिरी र अन्नपूर्ण हिमालले ढाकिएका कारण यस जिल्लामा बंगालको खाडीबाट बहेको मनसुन वायुको प्रभावबाट वर्षा हुँदैन । पश्चिमी वायुको प्रभावबाट निकै कम पानी पर्ने यस जिल्लाको स्याउ एकदमै प्रख्यात छ ।

 

 

यसैबिच नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङका सुन्दर तस्वीर प्रस्तुत गरेका छौं । यी सबै तस्वीर सन्तोषकुमार सिंहले खिचेका हुन्-

कमेन्ट गर्नुहोस्