नेकपाको सचिवालय बैठकः मन्त्री परिवर्तनको एजेण्डाले प्रवेश पाउने

काठमाडौं, कार्तिक ३। नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक पटकपटक सरिरहेको छ । असोज २७ गते बस्ने भनिएको सचिवालयको बैठक दसैं अघि बस्न सकेन ।

 

कात्तिक ४ गते आइतबार बस्ने भनिएको बैठकको पनि आज (शनिबार) साँझसम्म समय तोकिएको छैन । यसैबीच, आगामी बस्ने भनिएको नेकपा सचिवालय बैठकमा मन्त्री फेरबदलको विषयमा चर्चा हुने नेताहरुले बताएका छन् ।

 

यसअघि प्रधानमन्त्री ओलीले दसैं लगत्तै मन्त्री परिर्वतन हुने संकेत देखाएका थिए । नेकपाका एक सचिवाय सदस्यका अनुसार आइतबार बस्ने भनिएको बैठकमा बैठकमा सरकारको मूल्यांकनसम्बन्धी एजेण्डाले प्रवेश पाउने छ ।

कमेन्ट गर्नुहोस्