प्रधानमन्त्रीले लगाइदिए एचआइभी बालबालिकालाई टीका

काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई शनिबार दसैंको टीका लगार्इ दिएका छन् ।

 

सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइ दिएका हुन् ।

 

सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चाँसो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए । -रासस

कमेन्ट गर्नुहोस्