सहिद तथा बेपत्ता परिवारको घरमा टीका लगाएर दशै मनाइयो – राज्यमन्त्री चौधरी

सुनसरी,कार्तिक ३।कृषि तथा पशुपक्षपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले आफुले सहिद तथा बेपत्ता परिवारका बुवा आमाहरु बाट टीका लगाएर दशै मनाएको बताएकी छन।

जनयुद्धका शहिद हरि बस्नेत र पर्वत कोइरालाकि आमा बाट सहिद जीवन घिमिरेका बुवा बाट ,बेपत्ता चेतनाथको आमा बाट र बेपत्ता उमेश शाहको बुवा आमा बाट टीका लगाउदै दुखको घडिमा सान्त्वना दिएको मन्त्री चौधरीको भनाइ छ।


पहिला जनयुद्धमा यस्तो चलन थिएन र लगाइएन पनि तर अहिले त्यो समय रहेन हामीले सबै धर्म सस्कृतिको अनुसरण गर्नुपर्छ ।मन्त्री चौधरीले दशैको बिदा भए पछि बिदाभरी सकेसम्म शहिद ,बेपता, घाइते ,अपांग परिवारको घर परीवार सङ्ग भेटघाट गर्ने टीका लगाउने र उनीहरुको पीडामा सान्त्वना दिने काम गरेको बताइन्।


मन्त्री चौधरीले भनिन । म टीका लगाउन पुग्दा आमा बुवाहरु आफ्नो छोरा छोरी सम्झिदै भकानिदै रुनु भयो । मेरो छोराछोरी नै आएको हो भनी टीका लाई दिनु भयो । जिल्ला भरीका सबै सहिद बेपत्ता परीवारहरुलाई भेटन सकिएन समय मिलाएर सबैलाई भेटने मेरो योजना छ।अहिलेको सरकार संग सबैको अपेक्षा छ ।

हामी कटिबद्धताका साथ लागि रहेको छौ निकट भविष्यमा नै सरकारले देखिने खालको परीणाम निकाल्ने गरि काम गरि रहेको मन्त्री चौधरीले बताएकी छन।

 

कमेन्ट गर्नुहोस्