रेल दुर्घटनाः रावणको भूमिका निभाएका सिंहकोसमेत मृत्यु

बीबीसी । भारत पञ्जावको अमृतसरमा रेलले किच्दा रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहकोसमेत मृत्यु भएको छ।

 

विगतमा सँधै रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए। साथीहरुको आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले जीवन गुमाउन पुगेको बीबीसीले जनाएको छ।

 

रामलिलाको आफ्नो भूमिका सकिएपछि सिंह पनि रावणको पुत्ला दहन हेर्न भिडमा सामेल थिए। साथीहरुको आग्रहमा उनी मैदान झरेका थिए मञ्चबाट। तर उनको यस वर्षको रावणको भूमिका उनको जीवनकै अन्तिम अभिनय बन्न पुगेको छ।

 

रामलिलाको मञ्च रेल पट्रिबाट २५ मिटर मात्रै टाढा बनाइएको थियो। शुक्रबार दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो ।

 

धोपिघाटमा पुत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए। जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए। लगत्तै आएको जालन्धर-अमृतसर डिएमयु रेलले हान्दा ७० जना मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्