प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

ओमन,कार्तिक ३। प्रवासी नेपाली एकता मञ्च ओमनद्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा शुक्रबार भब्यताका साथ सम्पन्न भएको छ ।

 

बिजया दशमीको दिन आयोजना गरिएको उक्त कार्यक्रममा ओमनमा कार्यरत नेपाली हिन्दू धर्मावलम्बीहरुले एकआपसमा सुभकामना आदानप्रदान समेत गरेका थिए।

 

प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला ढकाल पराजुली रहेकी थिइन् भने अतिथिहरुमा नेपाल बाट आएका चर्चित कलाकारहरु गायक तिलक परियार, गायिका अमृता लामिछाने, नेपाली जनसम्पर्क समिति ओमनका उपसभापति सालिकराम चापागाईं, ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, बिवेकशील साझा पार्टीका सचीव राजेन्द्र सिलवालको सहभागिता थियो ।

 

 यस्तै, नेपाली समाज ओमानकि पार्वती श्रेष्ठ, गैर आवाशीय नेपाली सोसल क्लब ओमनका महासचिव पुर्ण ब. श्रेष्ठ, म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष उमा आचार्य ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ, बुद्ध भिजन ओमन,तमु समाज ओमन,नेपाल मगर संघ ओमन, दलित एकता संजाल ओमान ,सगरमाथा समूह ओमन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमन , कृश्चिएन फिलोसोपि ओमन, पत्रकार, बुद्धिजीवी, व्यवसायीसमेतको पनि उपस्थिति थियो।

उपस्तिथि अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसि, बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए । कार्यक्रमको सुरुवात मैन बत्ती बालेर राष्ट्रिय गीत बजाई कार्यक्रमको उद्दाटन गरीएको थियो । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै, प्रवासी नेपाली एकता मञ्च ओमनका सांस्कृतिक बिभाग सह संयोजक रामहरी गिरिले स्वागत मन्तव्य राखेका थिए।

 

संयोजक रन्जित आचार्यले बिहान उठन बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् भन्ने गित बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए । प्रमुख अतिथी नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला पराजुली ढकाल, कार्यदल सदस्य उमेश विश्वकर्मा लगायत ओमनमा रहेका विभिन्न संघ संस्थाहरुले दशैँको शुभकामना मन्तब्य राखेका थिए ।

मन्तव्य संगै महामहिम राजदुत सर्मिला ढकाल पराजुली संस्थाका सल्लाहकार समाज सेवि तोलाकान्ता भट्टराईले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाएका थिए भने विष्णु चौलागाईं , पुर्ण विश्वकर्मा (पहाडी ), सम्झना केसिले कार्यक्रम संचालन गरेका थिए ।

 

नेपाल बाट आएका कलाकार तिलक परियार, अमृता लामिछानेको गायन प्रस्तुति बाट हलमा रहेका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए। साथमा ओमन स्थित विभिन्न संस्था बाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमले थप रौनक थपेको थियो । संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै आएका कलाकारलाई मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो।

कार्यक्रमलाई डिसि नेपालका बिनेश खनाल, इरुप्से ड्ट्कमले फेसबुक मार्फत लाईभ प्रसारण गरेका थिए । कार्यक्रमको अन्त्यमा कार्यक्रम अध्यक्ष सोम कृष्ण श्रेष्ठले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

दशैको अवसरपारेर गरिएको यस्तो कार्यक्रम बाट ओमानमा कार्यरत नेपालीहरु बिच आत्मियता र भाइचाराको सम्बन्ध अझै प्रगाढ हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने पुर्ण विश्वकर्माले बताएका छन।

कमेन्ट गर्नुहोस्