रियल मड्रिड लेभान्टेसँग पराजित, अंक तालिकाको पाँचौ स्थानमा

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा लेभान्टेसँग हारेको छ । पछिल्ला पाँच खेलमध्ये चौथो हार व्यहोर्ने क्रममा रियल लेभान्टेसँग २-१ ले पराजित भएको हो ।

 

लेभान्टेले १३ औं मिनेटमै २ शून्यको अग्रता लिएको खेलमा रियलले ७२ औं मिनेटमा गोल फर्काएको थियो तर त्यो बराबरीका लागि पनि पर्याप्त भएन । लेभान्टेका मोरालेसले छैटौं र मार्तीले १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

 

रियलका मार्सेलोले ७२ औं मिनेटमा गोल फर्काएका हुन् । नतिजापछि लेभान्टे सातौं स्थानमा उक्लेको छ भने रियल पाँचौ स्थानमा छ । ला लिगामा शनिबार बार्सिलोनाले सेभिल्लासँग तथा एथलेटिको मड्रिडले भिल्ला रियलसँग र लेगानेसले भ्यालेन्सियासँग खेल्नेछन् ।

कमेन्ट गर्नुहोस्