सन् ५० को दशकमा नेपालको आधुनिक मेडिकल स्वास्थ्यको अवस्था यस्तो थियो (भिडियो सहित)

६ दशक अघि मुलुकमा आधुनिक मेडिकल स्वास्थ्यको अवस्था अत्यन्तै कमजोर थियो काठमाण्डौं केन्द्रित अत्यन्तै न्युन अस्पताल , अत्यन्तै न्यून मेसिनरी उपकरण र दक्ष चिकित्सकको संख्या समेत अत्यन्तै न्यून थियो ।

नेपाली चिकित्सकले संयुक्तराष्ट्र संघ र संयुक्त राज्य अमेरिकाबाट नेपालको स्वास्थ्य शिक्षा र सेवामा सघाउन उताबाट आएका चिकित्सकहरु संग मिलेर आफ्नो दक्षता बढाईरहेका थिए।
कुपोषण , मलेरिया , क्षयरोग त्यतिबेलाका मुख्य रोगहरु थिए भने मातृ शिशु मृत्युदर समेत निकै उच्च थियो।

यद्यपि मलेरिया उन्मुलनमा तत्कालीन अमेरिकी सरकारको सहयोग उल्लेख्य थियो तिनै दातृ निकायका सहयोगका कारण नै नेपालले मलेरिया निर्मुल गर्न सफल भयो।

५० को दशकमा नेपालमा स्वास्थ्यको अवस्था कस्तो थियो भन्ने अवस्थालाई संयुक्तराष्ट्र संघीय कर्मचारीका रुपमा नेपालमा खटिएका भुगर्भविद टोनी हेगन जो आफूले आफ्नो ब्यक्तिगत प्रयोजनका लागि लिएको औषधि बाट नेपालीहरुलाई सुइँ लगाईदिने र अन्य स्वास्थ्य सेवा दिन्थे तर उनी चिकित्सा क्षेत्रका भने थिएनन्।

भिडियो श्रोत:- युएस इन्फर्मेसन एजेन्सीले सन् १९५७ मा तयार गरेको नेपालको पहिलो बृत्तचित्र “हिमालयन अवेकनिङ” बाट ।

 

कमेन्ट गर्नुहोस्