आज नेकपाको सचिवालय बैठक, मन्त्री हेरफेरको विषयमा छलफल हुनसक्ने

काठमाडौं, कार्तिक ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (आइतबार) देखि बस्दैछ । दुई दिने बैठक आइतबार सुरु हुने नेकपाका नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ।

 

यसअघि असोज २४ र २७ गते बस्ने भनिए पनि बैठक स्थगित गरिएको थियो । सचिवालय बैठकमा मन्त्रीपरिषद् हेरफेर, पार्टीका संगठनहरुको एकीकरण, केन्द्रीय आयोग तथा विभागको गठनका विषयमा छलफल हुने बताइएको छ ।

 

बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानसँगै संसदमा प्रभावकारी प्रस्तुति र सरकार सञ्चालनका विषयमा पनि कुराकानी हुने बुझिएको छ । पोलिटव्युरो गठन, सचिवालय, स्थायी कमिटि तथा केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने तयारी छ ।

कमेन्ट गर्नुहोस्