नक्कली नोट बनाउने मेसिनसहित ५ जना पक्राउ

काठमाडौं, असोज ४ । राजधानीको मच्छेगाउँबाट नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बेलुकी उनीहरुलाई नक्कली नोट बनाउने प्लेट सहित पक्राउ गरिएको हो ।

 

उनीहरुको साथबाट ३ लाख ७५ हजार नेपाली नक्कली नोट समेत बरामत भएको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका पाँच जनालाई थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको छ ।

कमेन्ट गर्नुहोस्