एसपी विष्टलाई निष्काशन गर्ने–नगर्ने आज निर्णय हुनसक्ने

काठमाडौं, कार्तिक ४ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले दिए । गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्