सिमकाेट गाउँपालिकाकाे माेबाइल एप सार्वजनिक

हुम्ला, कात्तिक ४ । सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप आजदेखि सञ्चालनमा ल्याएको छ ।

सिमकोट गाउँपालिकामार्फत सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाकी नायब सुब्बा ममता महतले बताइन् ।

अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाका गतिविधि सजिलै मोबाइलमार्फत हेर्न सकिने व्यवस्था भएको नासु महतले बताइन् ।

साविक कर्णालीका अन्य चार जिल्ला जुम्ला, मुगु, डोल्पा र कालीकोटलाई स्वीकृति नदिइएको र हुम्लाको सिमकोट गाउँपालिकालाई पहिलो पटक मोबाइल एप्स स्वीकृति दिइएको गाउँपालिका उपाध्यक्ष वली रावतले जानकारी दिनुभयो ।

आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमकोट रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर सिमकोट गाउँपालिकाको हरेक सूचना गतिविधि मोबाइलमार्फत नै जानकारी लिन सकिने महतले बताउनुभयो । (तस्वीर उपलब्ध छ)

 

कमेन्ट गर्नुहोस्