नेकपाकाे सचिवालय बैठक जारी (फाेटाे फिचर)

काठमाडौं, कार्तिक ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) के सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भइसकेकाे छ ।

पटक-पटक स्थगित हुँदै आएको बैठक अइतबार बिहान ११ बजे हुनुपर्ने भएके भए पनि दिउँसाे मात्र सुरू हुन सकेकाे थियाे ।

अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार बैठक साेमबारसम्म चल्नेछ ।

बैठकमा नेकपा मन्त्रीहरूकाे हेरफेर र नेता बामदेव गौतमलाई उम्मेदवार बनाउन भनेर काठमाडौं-७ का सांसद रामवीर मानन्धरले पार्टीमा बुझाएको राजीनामाको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

वामदेवले काठमाडौं ७ मा चुनाव नलड्ने घोषणा गरिसकेकाले रामवीरको राजीनामा स्वीकृत नहुने र यो प्रकरणको टुङ्गे लाग्ने समेत बताइएके छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गरेको असहमति, सरकारको समीक्षा, पार्टी एकीकरणको कार्यान्वयन लगायतका विषयमा छलफल हुने भएको छ ।

हेर्नुहाेस तस्बिर:

कमेन्ट गर्नुहोस्