कार्यक्रतालाई सांसद भट्टको आग्रह– अब विकासको युद्धमोर्चामा लाग्नुहोस् [भिडियो]

काठमाडौं, कार्तिक ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले कार्यक्रतालाई अब विकासको युद्धमोर्चामा लाग्न आग्रह गरेका छन् ।

 

नेकपा बेलौरी कञ्चनपुरले आयोजना गरेको दसैं-तिहार एवं छठपर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा सांसद भट्टले कार्यक्रतालाई यस्तो काग्रह गरेका हुन् । उनले भने, ‘स्थानीय तह र प्रदेशमा विकासका लागि रकम आएको छ । भ्रष्टाचार हुनसक्छ, त्यसकारण अब कार्यक्रताले भ्रष्टाचार हुननदिन विकासका काममा ध्यान दिन आवश्यक छ ।’

 

पूर्ववाणिज्य मन्त्री भट्टले अगाडि थपे, ‘युद्ध मोर्चामा जसरी सेनाहरु परिचालीत हुन्छन्, त्यसैगरी अब कार्यक्रता पनि विकासको युद्धमोर्चामा लाग्नुपर्छ ।’ साथै, उनले विकास निर्माणका काममा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा) बेलौरी कंचनपुर द्वारा आयोजित विजया दशमी ,शुभदीपावली तथा छड पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रममा।

Posted by लेखराज भट्ट – Lekharaj Bhatta on Sunday, 21 October 2018

कमेन्ट गर्नुहोस्