स्पेनमा ‘नेपाल पर्यटन प्रबर्दन साँझ तथा दसैं-तिहार कार्यक्रम’ सम्पन्न

बार्सिलोना, कार्तिक ४। गैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा नेपाल पर्यटन प्रबर्दन साँझ तथा दशैं तिहार विशेष शुभकामना आदान-प्रदान कार्यक्रम २०१८” भब्य रूपमा सम्पन्न भएको हो।

बार्सिलोनाको पर्यटकिय स्थल सागर्दा फामलिइअ चर्च अगाडि सनिवार आयोजना गरिएको कार्यक्रममा संयुक्त रुपमा बिजया दशमिको टिकाग्रहण संगै नेपाली पन्चे बाजा ,नाचगान तथा विभिन्न नेपाली कला र संस्कृतिको प्रदर्शन,नेपाल चिनाउने बिभिन्न पर्चा पमप्लेटहरुको बितरण एवं #VISITNEPAL2020 को प्रचार प्रसार समेत गरिएको प्रबक्ता डाइमन्ड सापकोटाले जानकारी दिएका छन।

गैर आवासिय नेपाली संघ स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षता तथा संघका उपाध्यक्ष पेशलकुमार कोइरालाको संयोजनमा नेपाली दुतावास म्याड्रीड स्पेनका नियोग उपप्रमुख तथा प्रथम सचिब हरिहर कान्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिका रूपमा नेपालि कन्सुलर लुइस बेल्विच,एनआरएन स्पेन आइ सि सि सदस्य मुक्त बहादुर गुरुङ तथा श्रीमती शितल भुर्तेल भुसाल र संरक्षक अनिल गुरुङको उपस्थिती रहेकोे थियोे।

कार्यक्रममा पर्यटन प्रबर्द्धन सम्बन्धि विभिन्न प्रचार सामाग्री पर्यटन दुत तथा पुर्व आइ सि सि सदस्य दिपक खरेल र अनाथहरुको लागी हेटौडामा बिध्यालय संचालन गर्दै आएकी आइना बार्काले गरेका थिए।

कार्यक्रममा गैर आवासिय नेपाली संघ युरोप क्षेत्रीय उपसंयोजक एकराज गिरी,स्पेन स्थित सम्पुर्ण नेपाली संघसंस्थाका प्रतीनिधहरु,सचिव एवं उपसमिती सदस्य दिनेश गिरी,सचिव एवं उपसमिती सदस्य लोकबन्धु बस्नेत,कोषाधक्ष एवं उपसमिती सदस्य,बिशाल ढुंगाना गैर आवासिय नेपाली संघ स्पेनका सदस्य तथा कार्यक्रम उपसमिति सदस्य गंगाप्रसाद भुसाल अन्तरास्ट्रीय लोकदोहोरी प्रतिस्ठान नेपाल युरोपका अध्यक्ष तथा गायिका सुमी घिमिरे सापकोटा,बिस्व कलाकार संघ नेपाल स्पेनका अध्यक्ष तथा कलाकार डिक कार्कि, कलाकार अजय लेप्चान, बाँसुराबादक बिनोद कटुवाल लगाएतले सहयोग गरेका थिए।

यस्तै कार्यक्रममा युरोपको पोर्तुगलबाट नेपाली पन्चेबाजासहित कलाकारहरु पुर्ण अर्याल,सुबासचन्द्र पुन मगर,ईमानसिंह बुढामगर, किरणदिप परियार र हरिकृष्ण बिसी लगायत स्पेनका स्थानीय कलाकारहरु बिबिका गौतम, शिक्षा भट्टराई, स्वेता आचार्य,श्रीया तिमिल्सिना,सुस्बु खड्का,अदिति रेग्मि,रन्जिता गौतम शिबाकोटि,दुर्गा रेग्मि,प्रबिण लोहार,सोनि घर्तिमगर,नेपाली पाठसालाका कलाकारहरु नेपाली पाठसाला संचालक, सरला सापकोटा लगाएको उपस्थिति रहेको थियोे।

 

कार्यक्रम लाई सफल पार्न असोक किरण न्यौपाने,जनक सापकोटा,गैर आवासिय नेपाली संघ स्पेनका सदस्य तथा पंडित शास्त्री टिकाराम कंडेल,सागर्दा इन्फर्मेसनका संचालक राजेन्द्र कंडेल टेक्निसियनको रुपमा गैर आवासिय नेपाली संघ स्पेनका सदस्य बिनय अधिकारी लगायतले महत्त्वपूर्ण सहयोग गरेका थिए भने कार्यक्रमको बिशेस सहयोगिका रूपमा रामचन्द्र भट्ट,यातायातमा जिबन भुसाल,गोपाल रेग्मी,सन्त बहादुर क्षेत्री,भोला लामिछाने लगाएले सहयोग गरेका थिए।

कार्यक्रमको संचालन एन आरएनए स्पेनका सल्लाहकार अर्जुन आचार्यले गरेका थिए भने कार्यक्रममा स्पेनका विभिन्न ठाउँ बाट नेपालीहरुको बाक्लो उपस्थिति रहेकोे थियो।

कमेन्ट गर्नुहोस्