कश्मीरमा हिँसा; १५ जनाको मृत्यु; ४० बढी घाइते

श्रीनगर (भारत) , कार्तिक ४। भारतको कश्मीरमा भएको ताजा हिंसामा कम्तिमा पनि १५ जनाको ज्यान गएको छ। मारिनेहरूमा ७ सर्वसाधारण, ५ चरमपन्थी र ३ सैनिक रहेका छन्। यसका साथै उक्त हिंसामा ४० बढी घाइते भएका छन्। ।

भारतीय मिडियाले सम्प्रेषित गरेको समाचार अनुसार अाइतबार सुरक्षा फौज र इस्लामी चरमपन्थीहरूबीच भीडन्त भइरहँदा सर्वसाधारण रहेको ठाउँमा एक विष्फोट हुँदा ७ सर्वसाधारणको ज्यान गएको र कम्तिमा पनि ४० जना घाइते भएका हुन्।

घटना दक्षिण कश्मीर जिल्लाको कुलगाम भन्ने स्थानमा भएको बताइएको छ। भारतीय मिडियाले उक्त विष्फोटलाई ‘रहस्यमयी’ भनेको छ। उक्त भीडन्तमा तीनजना इस्लामी चरमपन्थी समेत मारिएको बताइएको छ।

कश्मीरका प्रहरी महानिरीक्षकका अनुसार, “मानिसहरू भीडन्त भइरहेको ठाउँतिर जान खोज्दैथिए, त्यसैबेला उक्त ‘रहस्यमय’ विष्फोट भएको थियो। ” उनले मानिसहरूले प्रह्हरीको चेतावनीलाई नजरअन्दाज गर्दा उक्त त्रासदी भएको बताएका छन्।

ती सर्वसाधारण इस्लामी चरमपन्थीहरू विरुद्ध सेनाले गरिरहेको सुरक्षा कारवाहीको विरोधह गरिरहेको जनाइएको छ। त्यसअघि त्यहाँ विरोधका लागि उपस्थित रहेको भीडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास समेत प्रहर गरेको थियो।

घाइतेहरूमध्ये गम्भीर अवास्ठामा रहेका ४ जनालाई प्रादेशिक राजधानी श्रीनगर लगिएको छ।

त्यस्तै जम्मु अन्तर्गत पर्ने राजौरी जिल्लाको सुन्दरबनी इलाकामा क्षेत्र अन्तर्गत पाकिस्तानी सीमा नजीक भएको भीडन्तमा ३ भारतीय सैनिकका साथै २ पाकिस्तानी चरमपन्थी मारिएको समेत बताइएको छ। उक्त स्थानबाट भारतीय सेनाले एके ४७ लगायत थुप्रै अत्याधुनिक हथात्तियार बरामद गरेको दाबी गरेको छ।

कमेन्ट गर्नुहोस्