‘सारेगमप’मा मेनुकाको दमदार प्रस्तुति, आवाज सुन्दा निर्णायक चकित ! [भिडियो]

काठमाडौं, कार्तिक ४ । गत संस्करणको नेपाल आइडलको उत्कृष्ट १० बाट बाहिरिएकी झापाकी मेनुका पौडलको चर्चा फेरि चुलिएको छ । उनको जादूमयी आवाजलाई धेरै दर्शकस्रोताले मन पराएका छन् ।

मेनुकाका प्रशंसक कयौं छन् । उनको आवाजको चौतर्फी चर्चा छ । फेरि एकपटक उनको चर्चा चुलिएको छ । त्यसको कारण हो भारतीय चर्चित रियालीटि शो ‘सारेगमप’ ।

जारी उक्त शोमा उनले दमदार प्रस्तुती दिए निर्णायकलाई चकित पारेकी छन् । दृष्टिबीहिन मेनुकाले अडिसन राउण्डमा लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है…’ बोलको गीत गाएकी थिइन् । उनले गीत गाइसकेपछि निर्णायकले उनको खुलेर प्रशंसा गरे । र, आगामी यात्राको शुभकामना दिए ।

नेपालमा पहिलो पटक ‘सारेगमप’को अडिसन भएको थियो । जसबाट मेनुका छनोट हुन सफल भइन् । जि टिभीबाट प्रसारण भएको उक्त ‘रियालिटी शो’मा मेनुका पहिलो प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छन् । निर्णायकको भूमिकामा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे ।

मेनुकाको पस्तुती यो भिडियोमा हेर्नुस्-

MENUKA PAUDEL IN INDIAN REALITY SHOW SAREGAMAPA

प्रथम नेपाल आइडलबाट बाहिरिएकी मेनुका पौडेलले भारतिय रियालिटी शोमा 'सारेगमपा'मा मच्चाईन धमाल

Posted by Hamro Nepali News on Saturday, 20 October 2018

कमेन्ट गर्नुहोस्