उपाध्यक्ष जोशी प्रोग्रेसिव इञ्जिनियरिङ एसोसिएसनमा प्रवेश

धनगढी, कार्तिक ५ । नेपाल इञ्जिनियरिङ एसोसिएसन धनगढी च्याप्टरका उपाध्यक्ष गणेशदत्त जोशी प्रोग्रेसिव इन्जिनियरिङ एसोसिएसन नेपालमा प्रवेश गरेका छन् ।

सोमबार उनी एक कार्यक्रमकाबीच प्रोग्रेसिव इञ्जिनियरिङ एसोसिएसन नेपालमा प्रवेश गरेका हुन् । जोशीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले एसोसियसनमा प्रवेश गराएका थिए ।

कमेन्ट गर्नुहोस्