धनगढीको एक पसलमा भीषण आगलागी

कैलाली, कार्तिक ५ । जिल्लाको धनगढी उपमहानगरपालिका-४ मा रहेको गणेशलक्ष्मी इन्टरप्राइजेज र सरस्वती इन्टरप्राइजेजमा आगलागी भएको छ ।

 

धनगढीको मुख्य बजारमा रहेको गणेश इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासि दिउँसो करिब पौने चार बजे आगलागी भएको हो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।

 

आगलागी हुनुको कारण भने अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्