झगडा गर्दा दार्चुलामा भीरबाट लडेर २ जनाको मृत्यु

दार्चुला, कार्तिक ५ । भीरबाट लडेर दार्चुलामा २ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका-१ दुबैशैन भन्ने ठाउँमा भीरबाट लडेर २ जनाको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-१ चोडाका ५४ वर्षीय शंकर खडायत हुन्। अर्का एक मृतकको भने नाम नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

झगडा गर्दा भीरबाट लडेर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ। मृत्यु हुने दुवैजना दुई सय मिटर अग्लो भिरबाट खसेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट गर्नुहोस्