नेकपा सचिवालय बैठकः नारायणकाजीको राजीनामा अस्वीकृत

काठमाडौं, कातिृक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रवक्तामा नेता नारायणकाजी श्रेष्ठलाई निरन्तरता दिने भएको छ । पार्टी नेतृत्वसँग असन्तुष्ट जनाउँदै नेता श्रेष्ठले तीन महिना अघि प्रवक्ता पदबाट दिएको राजीनामा सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठकले अस्वीकृत गरेको हो ।

 

डा. गोविन्द केसीको अनशनलाई सहयोग गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले श्रेष्ठसँग स्पष्टिकरण मागेपछि उनले राजीनामा गरेका थिए।

 

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको माग पूरा हुने संकेत देखिएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेता नेपालका माग पूरा गर्ने संकेत देखाएको हो ।

 

बैठकमा नेपाललाई पार्टीका दुवै अध्यक्ष ओली र प्रचण्डले नेता नेपालले उठाएको विषयलाई गम्भीरता पूर्वक लिने र आगामी दिनमा यस्ता त्रुटि हुन नदिने आश्वासन दिएका छन् ।

 

अध्यक्षद्वयले नेता नेपालको असन्तुष्टि सम्बोधन भएपछि नेता नेपालले अघि सारेको प्रस्ताव अस्वीकृत भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले जानकारी दिए ।

 

नेता नेपालले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीका विषयमा लिखित असन्तुष्टि सचिवालय बैठकमा राखेका थिए ।पार्टी एकीकरण तथा सरकार सञ्चालन लगायतका विषयमा छलफलका लागि ७ गते पुनः बस्ने गरी बैठक स्थगित गरिएको खनालले जनाए ।

कमेन्ट गर्नुहोस्