सांसद भट्टसहित नेताकार्यक्रताद्वारा गोदावरी सरसफाई

कैलाली, कार्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लेखराज भट्टले आज (सोमबार) जिल्लाको गोदावरी क्षेत्रमा सरसफार्इ गरेका छन् ।

कैलाली निर्वाचन क्षेत्र ४ द्वारा दसैं तिहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको पूर्वसन्ध्यामा नेता भट्टसहित नेकपाका केन्द्रिय सदस्य तथा संघीय सांसद नारदमुनी राना, प्रदेश सांसद बिरमान चौधरी, प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दीर्घ सोडारी, प्रदेश सरकारका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रदेश सभा बिकास समितिका सभापती कुन्ती कुमारी जोशी प्रदेश सांसदहरु कृष्ण सुवेदी, नेपालु चौधरी, चुनकुमारी चौधरी र नेकपाका केन्द्रिय सदस्यहरु नेपबहादुर चौधरी, दिपक देवकोटा, देवीलाल चौधरी र रुपा चौधरी लगायतका नेता तथा कार्यकर्ताले गोदावरी क्षेत्रमा सरसफार्इ गरेका हुन् ।

याे पनि पढ्नुस  मिडियामा सरकारबारे नकारात्मक टिप्पणी मात्र आउँछन्– पूर्वमन्त्री भट्ट

सरसफार्इ अभियान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख न्यायाधीवक्ता कुलानन्द उपाध्याय, गोदावरी ननगरपालिकाका प्रमुख हरिसिह साउँद, गौरिगंगा नगरपालिकाका प्रमुख भिम बहादुर देउवा, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकासहित सबै नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षकोसमेत सहभागीता थियो ।

याे पनि पढ्नुस  उपाध्यक्ष जोशी प्रोग्रेसिव इञ्जिनियरिङ एसोसिएसनमा प्रवेश

 

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा हुने निर्णय भएसँगै नेकपा कैलाली निर्वाचन क्षेत्र न ४ ले निर्णयको स्वागत स्वरुप गोदावरीमै शुभकामना कार्यक्रम आयोजना गरेको नेकपाका नेता बलबहादुर महताले बताए ।

कमेन्ट गर्नुहोस्