नेताका बारेमा अनर्गल जोले लेख्छ उसले नेकपामा नबस्दा हुन्छः सांसद भट्ट

काठमाडौं, कार्तिक ५ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले कार्यक्रताले केही पनि भएन भनेर निराशाका कुरा गर्नु सकारात्मक नभएको बताएका छन् । आइतबार नेकपा कञ्चनपुर, बेलौरीले आयोजना गरेको दसैं, तिहार एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

 

‘नेकपाका कार्यक्रताले निराशा कुरा गरेर सुहाउँदैन, जो केही पनि भएन भनेर निराशाका कुरा गर्छ ऊ कम्युनिस्ट होइन’ सांसद भट्टले भने । उनले सामाजिक सञ्जालमा जथाभावी नलेख्न पनि नेकपाका नेताकार्यक्रतालाई आग्रह गरे ।

 

याे पनि पढ्नुहाेस्-

कार्यक्रतालाई सांसद भट्टको आग्रह– अब विकासको युद्धमोर्चामा लाग्नुहोस् [भिडियो]

सांसद भट्टसहित नेताकार्यक्रताद्वारा गोदावरी सरसफाई

 

पूर्व वाणिज्य मन्त्रीसमेत रहेका भट्टले भने,‘पार्टीका कुरा पार्टीभित्रै राखौं, पार्टी नेतृत्वसँग राखौं तर यस्तो भएन उस्तो भएन भन्दै सामाजिक सञ्जालमा लेख्ने काम पटक्कै नगर्नुस् ।’सांसद भट्टले नेताका बारेमा अनर्गल कुरा जोले लेख्छ उसले नेकपामा नबस्दा हुन्छ ।

 

साथै, सांसद भट्टले कार्यक्रतालाई अब विकासको युद्धमोर्चामा लाग्न आग्रह गरे । उनले भने, ‘स्थानीय तह र प्रदेशमा विकासका लागि रकम आएको छ । भ्रष्टाचार हुनसक्छ, त्यसकारण अब कार्यक्रताले भ्रष्टाचार हुननदिन विकासका काममा ध्यान दिन आवश्यक छ ।’

 

याे पनि पढ्नुहाेस्-

उपाध्यक्ष जोशी प्रोग्रेसिव इञ्जिनियरिङ एसोसिएसनमा प्रवेश

 

पूर्ववाणिज्य मन्त्री भट्टले अगाडि थपे, ‘युद्ध मोर्चामा जसरी सेनाहरु परिचालीत हुन्छन्, त्यसैगरी अब कार्यक्रता पनि विकासको युद्धमोर्चामा लाग्नुपर्छ ।’ साथै, उनले विकास निर्माणका काममा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्