नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

कुवेत, कार्तिक ५। नेपाली राजदूतावास कुवेतले  अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीलाई लक्षित गरि एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

आइतबार एक सूचना जारी गर्दै दूतावासले स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको छ। सूचनाका अनुसार सिविर नेपाली राजदूतावास कुवेतको अायोजना तथा मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको फरवानिया सहर स्थित मेट्रो मेडिकल सेन्टरमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म रहने उल्लेख छ ।

सिविरमा सहभागी हुन चाहाने इच्छुकहरूले निःशुल्क स्वास्थ्य परिक्षणको लागि अग्रिम रूपमा नेपाली दूतावासमा परिक्षण गर्ने व्यक्ति अाफैं उपस्थित भएर वा टेलिफोन सम्पर्क गरी अाफ्नो नाम दर्ता गर्न सकिने छ भने स्वास्थ्य परिक्षणको लागि कुवेतको  अावासिय भिसा (सिभिल अाइडी ) अनिवार्य भएको हुनुपर्ने दूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्