दैलेखमा २ घण्टाको अन्तरमा २ भूकम्प

काठमाडौं, कार्तिक ६ । दैलेखमा २ घन्टाबीचमा दुई भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको अघिल्लो दिन असोज १९ गते दैलेखमै केन्द्रबिन्दु भएर दुईपटक ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रको भूकम्प सूचीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्