मन्त्री अर्याललाई मातृ शोक

स्याङ्जा, कार्तिक ६ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो ।

 

केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइ रहनुभएकी अर्याललाई दसैंको समयमा घर ल्याइएको थियो ।

 

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व. अर्यालको मंगलबार रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । -रासस

कमेन्ट गर्नुहोस्