निर्मला पन्तका हत्यारालाई कारबाही गरे सरकार ढल्ने दाबी

काठमाडौं, कात्तिक ६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा मंगलबार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए ।

बिजुक्छेले घटनाको सुरुदेखि नै प्रमाणहरु नस्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे ।

काठमाडौं, कार्तिक ६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

भक्तपुरमा जारी ३८औं नेपालभाषा साहित्य तःमुंज्या सम्मेलनमा मंगलबार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए ।

बिजुक्छेले घटनाको सुरुदेखि नै प्रमाणहरु नस्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे ।

 

कमेन्ट गर्नुहोस्