मलेशियामा जेल सजाय भोगिरहेका ७ नेपालीको उद्दार

मलेशिया,कार्तिक ६।मलेशियाको पेनाङ स्थित जुरु डिटेन्सन क्याम्पमा लामो समय देखि जेल सजाय भोगी रहेका ७ जना नेपाली लाई उद्दार गरि स्वदेश फिर्ता गरिएको छ।

जनद्वार केन्द्र पेनाङ मलेसिया को पहलमा अध्यागमन ले पक्राउ गरि घरफिर्ती केन्द्रमा राखेका ७ नेपाली कामदारको गत बिहीवार उद्दार गरिएको हो।

घरफिर्ती केन्द्रमा रहेका उनिहरुलाइ नेपाली राजदूतावास मलेसिया र उनीहरुको आफन्तको आर्थिक सहयोगमा उनिहरु लाई स्वदेश फिर्ता गरिएको जनद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष केशु थापाले जानकारि दिएका छन्।
बिजय दशमिको अवसरमा स्वदेश फर्किन पाएका उनिहरुले घर परिवार संग बसेर दशै मनाउन पाएकोमा खुसी व्यक्त गरेका छन।

यस्तै घरफिर्ती केन्द्रमा रहेका मध्य २३ जना नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरि सकेको हुँदा केहि दिनमा नै उनिहरुको पनि उद्दार गरिने जनउद्दार केन्द्रका अध्यक्ष थापाले बताएका छन।
मलेशियाको विभिन्न ठाउँमा रहेका घरफिर्ती केन्द्रमा सयौ नेपालीहरु सजाय पूरा गरेर पनि टिकट अभावमा अझै स्वदेश फर्किन सकेका छैनन्।

कमेन्ट गर्नुहोस्