एनआरएनए मध्यपुर्ब संयोजक कतारमा पक्राउ

दोहा,कार्तिक ६। गैर आबासिय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब सँयोजक राजेन्द्र कुमार शर्मा (आरके) कतारमा पक्राउ परेका छन् ।

कतारमा ब्यबसाय समेत गर्दै आएका शर्मालाई मंगलबार कार्यालयबाट घर फर्कने क्रममा कतारी प्रहरीले पक्राउ गरेको छ। उनी पक्राउ परेको बारे एनआरएनएले पुष्टी गरेको भएपनि पक्राउ पर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन ।

एन आरएनका महासचिब बद्री केसीका अनुसार उनी पक्राउ परेको बारे कतार स्थित नेपाली दुताबास र एनआरएनए एनसीसी मार्फत सत्य तथ्य बुझ्ने कार्य भईरहेको बताएका छन् भने शर्मा बारे बिभिन्न मिडियामा सुन तस्करी प्रकरणमा पक्राउ परेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन।

शर्मालाई के कारणले पक्राउ गरिएको हो भन्ने बारे एकिन तथ्य खुलेको छैन ।
केसीका अनुसार उनी संगै अन्य तिन जना नेपाली लाई समेत कतार प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ।

कमेन्ट गर्नुहोस्