रोमनलाई गम्भीर रोग, च्याम्पियन्सीपको उपाधि त्यागे ! [भिडियाेसहित]

एजेन्सी । डब्लुडब्लुईका स्टार रोमन रेन्सले ल्युकेमियाका कारण आफ्नो युनिभर्सल च्याम्पियन्सीपको उपाधि परित्याग गरेका छन् । विश्व च्याम्पियन रेन्सले फ्यानहरुलाई सोमबार जानकारी दिँदै आफूलाई ११ वर्षअघि यो रोगको लक्षण देखा परेको तर त्यसपछि ठीक भएको बताएका हुन् ।

 

यद्यपि, अहिले फेरि उक्त रोग बल्झिएको कारण अब रिङ्गमा लड्न नसक्ने बताए । लगत्तै फ्यानहरुले समाजिक सञ्जालमा ह्यासट्याग ‘थ्याङ्क यु रोमन’ भन्दै उनलाई समर्थनको सन्देशहरु दिइरहेका छन् । यो ह्यासट्याग ट्वीटरमा ट्रेन्डिङ नै बनेको थियो ।

 

पूर्व अमेरिकन फुटबल खेलाडी पनि रहेका रेइन्सले ‘मन्डे नाइट रअ’ बाट सो घोषणा गरेका थिए । उनले आफ्नो सपना साकार भएको बताउँदै सबै फ्यानहरुलाई धन्यवाद दिए । र, साथै आफ्नो यो अवकाशको भाषण पनि नभएको स्पष्ट पारे । उनले रोगबाट निको भएपछि पुनः रिङमा फर्कने वाचा गरे । रोमन रेइन्सको वास्तविक नाम जोई अनोआई हो ।

कमेन्ट गर्नुहोस्