६० बर्ष अघि नेपालको पूर्वाधार संरचना यस्तो थियो ! [दुर्लभ भिडियो]

प्रस्तुत भिडियो आज भन्दा ६० बर्ष अघिको हो।

त्यस समयमा घर निर्माण र सडक पूर्वाधार निर्माणका लागि काटिने जंगल, हाईड्रोपावर , सडक परियोजना , कृषिका लागि सिंचाईं प्रविधि , खानेपानीका लागि नल , कृषि खेती प्रणाली , धान कुट्ने परम्परागत ढिकी , त्यसबेलाको नेपाली गीत सहित नेपालको पहिलो पंचबर्षिय आयोजना किताबको प्रथम पृष्ठ समेत भिडियोमा देखाइएको छ।

अहिले समय फेरिएको छ समय संगै नयाँ नयाँ प्रबिधि नेपालमा भित्रिएका छन।जसले गर्दा कठिन भन्दा कठिन काम समेत सहज रूपमा समयमा नै पूरा गर्न सकिन्छ ।प्रबिधिको आगमनले समयको बचत संगै काम गर्न बाताबरणमा समेत सहजता सिर्जना गरेको छ।

भिडियो श्रोत:- युएस इन्फर्मेसन एजेन्सीले सन् १९५७ मा तयार गरेको नेपालको पहिलो बृत्तचित्र “हिमालयन अवेकनिङ” बाट

कमेन्ट गर्नुहोस्