राष्ट्रसंघीय मिसनमा अब २० प्रतिशत महिला प्रहरी

काठमाडौं, कार्तिक ७ । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्‍याएको छ ।

 

फर्म्ड पुलिस युनिट (एफपियु) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको छ । प्रहरीले बनाएको एफपियु छनोट कार्यदेश २०७५ मा दुई जुनियर अधिकृतसहित हरेक एफपियु टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ ।

 

शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्