भिक्टोरिया प्लेजनमाथि मड्रिडको रोमाञ्चक जित

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित युरोपियन च्याम्पियन रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिडले भिक्टोरिया प्लेजनमाथि समूह जी अन्तर्गतको खेलमा २–१ गोलले विजयी भएको हो ।

 

रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्सेलोले गोल गरे । भिक्टोरियाका लागि हरोसोभ्स्कीले एक गोल फर्काए । जित निकाले पनि रियलले आफ्नो पुरानो लय समात्न सकेको देखिएको छैन । यहि सिजन क्लबको जिम्मेवारी सम्हाल्न आएका लोपेतेगीको भविष्य संकटमा रहेको अझै पनि बताउने गरिएको छ ।

 

समूहको तेस्रो खेलमा दोस्रो जितसहित ६ अंक जोडेको रियल समूहको शीर्ष स्थानमा छ । राति नै भएको अर्को खेलमा सिएसकेए मस्कोलाई ३–० ले हराएको रोमा ६ अंकसहित दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्