प्रहरीद्वारा गाँजा खेती नष्ट

इनरुवा, कात्तिक ७ । सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।

सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अाधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

सीमा प्रहरी चौकी भाण्टाबारीबाट गएको प्रहरी टोलीले मंगलबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा लुकाइछिपाइ लगाएको १५० बढी गाँजा बोट काटेर नष्ट गरेको र गाँजाखेती, उत्पादन, खरिदबिक्री तथा ओसारपसार गर्नेलाई कानून बमोजिम कारबाही गरिने उनले बताए । रासस

कमेन्ट गर्नुहोस्