आकाशियो सुनको मूल्य !

काठमाडौं, कार्तिक ७ ।

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७५० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्