गलत गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्छु : नगरप्रमुख

धनगढी, कार्तिक ७ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गलत गर्ने कर्मचारीलाई तत्काल कारबाही गरिने बताएका छन् ।

उप–महानगरपालीकाको वडा नं १६ स्थित घुरही ग्रामिण विद्युत सहकारी संस्थाको १२औं साधारणसभामा बोल्दै नगरप्रमुख वडले यस्तो बताएका हुन ।

कुनै पनि कर्मचारीले काम गर्दा पैसा लिन खोज्यो, पैसा नदिएका कारण काम गरेन भने कार्यालयमा गुनासो गर्नुहोला नगरप्रमुख वडले भने, ‘त्यस्ता कर्मचारीहरुलाई तपाईहरुले थाहा पाउने गरी कारबाही गरेर देखाउँछु । अहिले सबै वडाहरुमा विकास निर्माणको काम भइरहेको छ, नगरप्रमुख वडले भने, ‘ती सबै योजनाहरुको अनुगमन, निरिक्षण नगरपालिकाले मात्रै गरेर सम्भव छैन ।

स्थानीयले आफ्नो योजनाको बारेमा चासो नदेखाएसम्म काम राम्रो नहुने बताए । कुनैपनि ठेकेदार उपभोक्ता समितिले कसरी काम गरिरहेको छ त्यसको निगरानी नागरिकले गर्नुपर्छ ।

योजनाका लागि बजेटको ब्यबस्था उप–महानगरपालिकाबाट भएपनि ‘यो योजना मेरो हो’ भन्ने बुझाई स्थानीयमा नभएसम्म बन्ने योजना दिगो नहुने नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिका १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले विकास योजनाहरुमा स्थानीयको अपनत्व हुनु आवश्यक भएको बताए । उनले भने, अहिले पनि जनताले नगरपालीकाकाको सडक, कल्वर्ट, ग्राभेल भनेर भन्दछन् यो नगरपालिकाको नभएर हाम्रो हो भन्न सक्नुपर्छ ।

स्थानीय यूवा लक्ष्मण चौधरीले घुरही क्षेत्र धनगढी उप–महानगरपालिकाकै सबैभन्दा विकट क्षेत्र भएकोले यसलाई विकासको मूल प्रवाहमा ल्याउन सक्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्