विश्वले नेपालबाट सिक्दै

काठमाडौं, कार्तिंक ७ ।

‘टिच फर नेपाल र टिच फर अल’को संयुक्त प्रयाशमा २०७५ कात्तिक ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा ग्लोबल कन्फरेन्स (अन्तराष्ट्रिय सम्मेलन) को आयोजना गर्ने भएको छ ।

उक्त सम्मेलनमा नेपाल लगायत टिच फर अल संजालमा आवद्ध राष्ट्रहरुबाट करिब ५०० सहभागीहरुले सहभागिता जनाउने छन् । यो सम्मेलन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको सहभागिता रहेका थिए ।

वर्षैपिच्छे हुने सम्मेलनको यसवर्षको नारा ‘केन्द्रमा समुदाय’ रहेको छ ।

यस नाराको मुख्य उद्देश्य विविध भाषा, संस्कृति र समाजको आवाजलाई थप मजबुत बनाई संगठित तरिकाले अगाडि ल्याउनु र टिच फर नेपाल कार्यरत विभिन्न विद्यालय र समुदायका बाट अनुकरणनीय र सकारात्मक कार्यहरुको अवलोकन र अनुसरण गर्न समुदाय र विद्यालयसँग घनिभूत संवाद गर्ने रहेको छ ।

‘समुदायलाई केन्द्रमा राख्नुको उद्देश्य त्यहाँका समस्यालाई त्यही नै बसेर समाधान खोज्नु हो ।’ टिच फर नेपालका प्रमुख कार्यकारी अधिकारी शिशिर खनालले बताए ।

उक्त कन्फरेन्सको मूल उदेश्य टिच फर नेपाल काम गरीरहेका समुदायमा रहेको विविधताको अवलोकन गर्नु र त्यस विषयमा छलफल गरी यसबाट केही सिक लिनु रहेको छ ।

टिच फर नेपालबारेः

टिच फर नेपाल सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न क्रियाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विगत २०७० देखि ललितपुर, २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा र २०७५ देखि दाङ, लम्जुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा सञ्चालन गर्दै आएको छ ।

यस अभियानको लागि यस संस्थाले विद्यालयसँगको साँझेदारीमा विभिन्न विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी, गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ ।

हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लम्जुङ र पर्साका जम्मा ५१ सामुदायिक विद्यालयहरूमा यो अभियान सञ्चालित छ ।

जसमा ११० जना प्रज्ञार्थी शिक्षकहरू कार्यरत रहेका छन् । यस कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोगहरू गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्