को–को हुन् नाम परिवर्तन गरी हिट भएका बलिउड सुपरस्टार ?

मुम्बई । धेरैजसो सेलिब्रेटीले जन्मेको नाम एउटा भएपनि, आफ्नो करियर अघि बढाउनका लागि नाम परिवर्तन गरेका हुन्छन् ।

रंगीन दुनियाँमा पनि यस्तै छ, धेरै कलाकर्मीको कथा, नेपालीदेखि बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने ।

थाहा पाउनुहोस, नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकारः

सलमान खानको जन्मिदाको नाम अब्दुल राशिद सलीम हो तर, यो नामले केही गरेन । उनी सलमान बनेरै चर्चामा आए । अहिले बलिउडमा सुपरस्टारको दर्जामा छन् ।

बलिउड हिरोईन प्रीति जिन्टाको नाम पनि प्रितम जिन्टा थियो ।

अहिले प्रिति नामले नै उनी चर्चामा छिन् । अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो भने अक्षयकुमारको नाम राजिब हरिओम हो ।

त्यस्तै अजय देवगनको खास नाम विशाल देवगन हो ।

‘ढिसुम’ हिरो जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो ।

यस्तै, अभिनेता जितेन्द्रको नाम रवि कपुर हो । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्