पत्रकार खशोगी हत्याः चौतर्फी दबाबपछि २१ साउदी उच्च अधिकारीको भिजा रद्द गर्यो अमेरिकाले

वाशिङटन, वाशिङ्गटन पोष्टका पत्रकार जमाल खशोगीको हत्यापछि टर्की सरकारले निरन्तर गरेको खबरदारी र पहलकदमीपछि अमेरिकाले बाध्य भएर २१ जना साउदी अधिकारीको भिसा रद्द गरेको छ ।

अमेरिकी राष्ट्रपतिको व्यक्तिगत सम्बन्ध मानिने साउदी राजघरानामाथि नै हत्यामा संलग्न या हत्यारालाई संरक्षण गरेको आरोप लागेपछि सुरुका दिनमा अमेरिकाले साउदी राजकुमारको बचाऊ गर्दै आएको थियो ।

टर्कीले भने हत्यामा संलग्नहरुलाइ साउदी राजकुमारको संरक्षण भएको प्रमाण सार्वजनिक गर्दै आएको थियो ।

गत अक्टुबर २ का दिन इस्तानबुलथ्ति साउदी कन्सलेटमा पत्रकार जमालको हत्या भएको थियो ।

अमेरिकी विदेश विभागले हत्यामा संलग्न हुनसक्ने आशंकामा २१ जना साउदी अधिकारीको पहिचान गरे भिसा रद्द गर्ने निर्णय भएको जनाएको छ । विदेश मन्त्री माइक पोम्पियोले अन्य प्रमाण सार्वजनिक भएपछि थप कार्वाह ीगर्ने समेत बताएका छैनन् । “यो अन्तिम कार्वाही होइन, अरु कुरा खुल्दै गएपछि हामी थप कदम उठाउनेछौं । एकजना पत्रकारको हत्यालाई अमेरिकाले सहन सक्दैन ।” पोम्पियोले भनेका छन् ।

उता टर्कीका राष्ट्रपटि एर्डोगनले भने हत्याका लागि १५ सदस्यको एउटा टीम २ अक्टुबरमा इस्तानबुल आएको दावी गरेका छन् । उनले यसलाई राजनीतिक हत्या समेत बताएका छन् । टर्की सुरक्षा अधिकारीसँग यसको पूर्ण प्रमाण रहेको उनले बताएका छन् ।

टर्की निवासी युवतीसँग बिहा गर्न आवश्यक कागजात जुटाउन जमाल खशोगी साउदी दूतावास एका थिए । निकै लामो समयसम्म उनी नफर्केपछि उनकी गर्लफ्रैण्डले यसको जानकारी गराएकी थिइन । सुरुमा साउदी अरबले यो घटनामा संलग्नता नभएको बताउँदै आएपछि टर्कीले एकपछि अर्को प्रमाण सार्वजनिक गरेपश्चात भने गत २० अक्टुबरमा दूतावासभित्रै हत्या भएको साउदीले स्वीकार गरेको थियो ।

खशोगी त्यसअघि २८ सेप्टेम्बरमा पनि दूतावास गएका थिए । तर उनलाई २ अक्टुबरमा फेरी आउन भनिएको थियो । टर्कीका राष्ट्रपटि एर्डोगनले २८ सेप्टेम्बरदेखि नै हत्याको प्लट गरिएको दावी गरेका छन् । १८ जनाको टोली यसमा संलग्न रहेको उनले जनाएका छन् ।
यसैबीच साउदी राजा र राजकुमारले मंगलबार रियादमा पत्रकार खशोगीका परिवारसँग भेट गरेका छन् ।

कमेन्ट गर्नुहोस्