दशैंकाे बेला चामल नपाउँदा अाटाेकाे राेटी सेकाएर खान बाध्य

हुम्ला, कात्तिक ७ ।

बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् ।

स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल खाद्य समितिका अध्यक्ष दानबहादुर राउतले पटक पटक बैठकमार्फत केन्द्रसँग १५ हजारदेखि २० हजार क्वीन्टलसम्म माग गरेपनि जिल्लाका हाल ६ हजार क्वीन्टलमात्रै पाइएको बताए । नेपालगञ्ज र सुर्खेतमा रहेका मकालु, तारा, सीता र उमा एयरले ढुवानी नगर्दा चामल नेपालगञ्ज र सुर्खेतमै थन्किएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढु्ङ्गानाले भने, “अञ्चल विभाग र आपूर्ति मन्त्रालयमा पत्राचार गरिसकिएको छ, दशैँमा नपाएपनि सर्वसाधारण जनतालाई १० केजीदेखि १५ केजीसम्म दिन पाए हुम्लीहरुले भाइटीका मनाउन पाउने थिए ।” रासस

कमेन्ट गर्नुहोस्