तीन पार्टीको एकीकरणका लागि वार्ता

काठमाडौँ, कात्तिक ७ ।

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे त्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताएका छन्।

यहाँ बुधबार आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा २ वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ‘थुप्रै त्रुटि रहेको यो संविधानलाई‘ खारेज गरेर जनगणतन्त्र ल्याउनुपर्नेमा जोड दिए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको, बजारमा महँगी नियन्त्रण गर्न नसकेको, सुन तस्करलाई कारबाही नगरेको र निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै नेता गजुरेलले यो सरकार सफल भएको भन्ने ठाउँ नै नरहेको टिप्पणी गरे ।

अर्को प्रसङ्गमा उनले नेत्रविक्रम चन्द, मोहनविक्रम सिंह तथा ऋषि कट्टेल नेतृत्वका कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टीको एकीकरणका लागि वार्ता भएपनि निष्कर्षमा पुगिनसकेको जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्