ट्र्याक्टर दुर्घटनामा महिलाको मृत्यु

अछाम, कार्तिक ७ । अछाममा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

सदरमुकाम मंगलसेनबाट जयगढतर्फ आउँदै गरेको लु१त ५१०१ नम्बरको ट्याक्टर डाँडाघरनजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी मंगलसेन नगरपालिका–४, नागातोलाकी अन्दाजी ३५ वर्षीया मैनादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सेनमा बुधबार लाग्ने बडादसैंको मेला हेर्न आउनेक्रममा ट्याक्टर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । अरु १३ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पतालमा ल्याइएको छ।

इमेजखबरबाट

कमेन्ट गर्नुहोस्