नयाँ शक्तिले गऱ्यो महतोलाई रिहा गर्न माग

लहान, कार्तिक ७ । नयाँ शक्ति पार्टी नेपालले प्रहरीद्वारा पक्राउ गरिएका पार्टीका कर्जन्हा नगर सांयोजक प्रभात महतोको तत्काल रिहाईको माग गरेको छ ।

महतोलाई प्रहरीले ५ कार्तिकमा गिरफ्तार गरेको हो । उनीमाथि गत असोज २३ गते नगत्पालिकाको जीपमाथि तोडफोड गरेको आरोप लागेको छ ।

नयाँ शक्तिका सिरहा जिल्ला संयोजक चन्देश्वर पासवानले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै महतोलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको भदै उको अविलम्ब रिहाई हुनुपर्ने माग गरेका छन ।

विज्ञप्तिमा कर्जन्हा नगरका मेयर गंगा पासवानको गलत क्रियाकलापको विरोध गरेकोमा रिसइबी साँध्न महतोमाथि झुठा आरोप लगाइएको उल्लेख गरिएको छ ।

नगरको केन्द्र विवादसँगै नगरमा आर्थिक अनियमितता, भ्रष्टाचार बढेपछि जनप्रतिनिधिहरु बीच पनि विरोध र समर्थनमा विवाद चुलिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा केन्द्र विवाद निरुपण गर्न भएको मतदानमा केन्द्र सार्ने योजना विफल भएको रिस फेर्न चार दिनदेखि धर्नमा बसेका बगहाबासीको बीचमा घुसपैठ गराएर मेयर चढेको स्कारपियो तोडफोड भएको कुरा उल्लेख गरिएको छ ।

नगरको केन्द्र विवाद गम्भीर विषय भएकाले संवादमार्फत् सधैंका लागि टुङ्ग्याउन माग गर्दै जनतासँग एकाकार र विपक्षीहरुसँग सहकार्य गर्न आग्रह विज्ञप्ती मार्फत् आग्रह गरिएको छ ।

के थियो घटना ?

गत असोज २३ गते कर्जन्हा नगरपालिकाको केन्द्र विवाद सुल्झाउन १३ असोजमा भएको कार्यपालिका बैठकको निर्णय विशेष नगरसभा बसेको थियो । उक्त नगरसभाबाट इस्किने क्रममा बगहा चोकमा नगरपालिकाको ना.१ झ १६३९ नं. को स्कारपियो जिप तोडफोड भएको थियो । नयाँ शक्तिका नगर संयोजक महतोलाइ प्रहरीले त्यही घटनासँग जोडेर ५ कार्त्तिकमा पक्राउ गरेको हो ।

उक्त गाडीमा मेयर पासवानसहित कार्यपालिका सदस्य कुशे साह, गुवधीदेवी पासमान, भुल्लीदेवी सदा, वडा सदस्य रामसती पासमान, मुखलाल मुखिया, सिमा साह चढेका थिए । प्रहरीका अनुसार उक्त स्कोरपियोको पछाडिको सिसा फुटेको भएपनि त्यसमा सवार व्यक्तिलाई केही भएको थिएन ।

मेयर पासवान र उपमेयर ज्ञान कुमारी श्रेष्ठबीच नगरपालिकाको केन्द्रको विषयमा विवाद बढेपछि नगरको दैनिक प्रशासनिक काम कर्जन्हा र बगहा दुई ठाउँबाट हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्