मलेशियामा एक नेपालीको निधन

मलेसिया,कार्तिक ७। सडक दुर्घटनामा परी मलेसियामा एक नेपालीको निधन गएको छ।

रोजगारीका लागि मलेशिया पुगेका धनकुटा खोकु ७ खोकुटारका रावान राईको मलेसियाको पेनाङ राज्यमा मंगलबार राति भएको सडक दुर्घटनामा परि निधन भएको हो।

राती आफ्नो डिउटी सकेर कम्पनी होस्टेल फर्कने क्रममा मलेसियाको तामान सुकुन भन्ने ठाउँमा राईले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको हो। राई लामो समयदेखि मलेसियाको पेनाङस्थित एक पोल्टिफर्ममा कामगर्दै आएका थिए।

उनको शवलाई पोस्टमार्टमका लागि पेनाङ स्थित बुकित मर्ताजाम अस्पतालमा राखिएको छ। घटना बारे मलेशिया स्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको हुँदा आवश्यक कानुनी प्रक्रिया पूरा गरि सवलाइ नेपाल पठाउने दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्