के छ त प्रदेश नं. २ को प्रहरी ऐनमा, किन भइरहेछ यत्रो विवाद? हेरौँ पूर्णपाठ सहित

काठमाडौँ, कार्तिक ७। प्रदेश नं. २ संसदले प्रदेश प्रहरी ऐन गरेपछि सङ्घीय सरकार र प्रदेश सरकारबीच जुहारी सुरु भएकाे छ। एकातिर प्रदेश नं. २ सरकारले केन्द्र सरकारले समयमै सङ्घीय प्रहरी ऐन नबनाएकाले आफूहरू प्रदेश प्रहरी ऐन ल्याउन बाध्य भएको तर्क दिएको छ भने केन्द्र सरकारको गृह मन्त्रालयले प्रदेश सरकारले ल्याएको ऐन असंबैधानिक हुने जिकिर गर्दै आइरहेको छ।

गत वैसाखमै बाराको निजगढ पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले दुई साताभित्रै सङ्घीय प्रहरी ऐनको खाका सर्वानिक गर्ने वचन दिएपछि केही समय पर्खिने मन बनाएका प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीय प्रहरी ऐन समयमा नआउनाले आफूहरूले प्रदेश प्रहरी ऐन सार्वजनिक गर्न बाध्य भएको टिप्पणी समेत गरेका छन्।

सङ्घीय ऐन आउनु पहिले नै प्रदेश ऐन आउँदा दुई तहको प्रहरी संरचनामा के कस्तो समन्वय रहने भन्ने बारे अन्यौल यथावत छ। के छ त आखिर यस ऐनमा हेरौं यसको पूर्ण पाठ:

पढ्न यहाँ क्लिक गरौँ

कमेन्ट गर्नुहोस्