अाेबामा र हिलारी क्लिन्टनलाई विष्फाेटक पदार्थ पठाएपछि अमेरिकामा सनसनी

अमेरिकी गुप्तचर विभागले बुधबार पूर्व राष्ट्रपति बाराक ओबामा र पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनको घरमा संदिग्ध पोका भेटिएको बताएको छ। ती पोकाहरूब्भित्र विष्फोटक हुनसक्ने आशंका जताइएको छ।

विभागले मङ्गलबार म्यानहट्टनको उपनगरीय क्षेत्र वेबचेस्टरस्थित क्लिन्टन निवासमा एउटा पोका भेटिएको बताएका छन्। त्यस्तै अर्को पोका बुधबार वाशिंगटनस्थित ओबामा निवासमा समेत फेला परेको थियो।

गुप्तचर विभागका अनुसार यी पोकाहरू चिठी राख्ने बकसभ्हित्र फेला परेका थिए। यी पोकाहरू सम्बन्धित व्यक्तिहरू कहाँ नपुगेकाले उनीहरू खतरामुक्त रहेको गुप्त्व्हार विभागले जनाएको छ।

सिएनएन अफिसमा पनि बम

यस घटनाको केही समयपछि नै न्युयोर्कस्थित सिएनएन कार्यालयमा समेत बम फेला परेको छ। कार्यालयमा एउटा संदिग्ध डिभाइस फेला परेको र उक्त डिभाइस बम हुनसक्ने आशंका गरिएको छ। उक्त डिभाइस पनि पत्र मन्जूषामा नै फेला परेको बताइएको छ । उक्त घटनापछि सो भवनलाई खलाई गरिएको छ।

जांचहरूमा क्लिन्टन निवास, ओबामा निवास र सिएनएन कार्यालयमा बरामद गरिएका पोकाहरूबितर एकै प्रकारको विष्फोटक फेला परेको थियो। यस्तै एउटा पोका सोमबार अमेरीकी अरबपति जर्ज सोरेसको घरमा समेत फेला परेको थियो।

एजेन्सी

कमेन्ट गर्नुहोस्